कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हरिराम नागिला

काठमाडौं (थली) : कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा हरिराम नागिलाले जिम्मेवारी समाल्नु भएको छ । नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत नागिलालाई सोमबार नगरपालिकामा स्वागत गरिएको छ ।

नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको सरुवा भएसँगै नयाँ प्रमुख प्रशासकीय अधिृकतको रुपमा नागिला आउनु भएको हो ।

नागिलालाई नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, प्रवक्ता हरिभक्त पुडासैनीसहित जनप्रतिनिधिहरु तथा कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।