
हरहरमहादेव: कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ७ स्थित शिवम मार्ग टोल सुधार समितिको साधारण सभा सम्पन्न भएको छ । उक्त साधारणसभाबाट ९ सदस्यीय कार्य समिति चयन भएको छ ।

नवनिर्वाचित कार्यमितिलाई कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की तथा वडा अध्यक्ष भिमसेन थापाले बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको छ । साधारण सभाबाट अध्यक्षमा बिष्णु लम्साल साथै उपाध्यक्षमा भिम पाण्डे चयन हुनु भएको छ ।

यस्तै सचीवमा प्रकाश ढकाल, सहसचिवमा अर्जुन अर्याल र कोषाध्यक्षमा सरल घिमिरे चयन हुनु भएको छ भने सदस्यहरुमा सुमित्रा बास्तोला, लक्ष्मी पोख्रेल, जयन्त अधिकारी र श्रीराम हुमागाइ चयन हुनु भएको छ ।
यस्तो छ नयाँ कार्यसमिति
अध्यक्ष – बिष्णु लम्साल
उपाध्यक्ष – भिम पाण्डे
सचीव – प्रकाश ढकाल
सहसचिव अर्जुन अर्याल
कोषाध्यक्ष – सरल घिमिरे
सदस्य – सुमित्रा बास्तोला
सदस्य – लक्ष्मी पोख्रेल
सदस्य – जयन्त अधिकारी
सदस्य – श्रीराम हुमागाइ