यूरोकिड्स गोठाटार : जहाँ साना बालबालिकाहरु विद्यालय जान उत्साहित हुन्छन्

काठमाडौ : यूरोकिड्स गोठाटारमा प्लेग्रुपमा अध्ययनरत सान्बी बुढाथोकी विद्यालय जाने भनेपछि खुशी हुँदै ब्याग बोकेर अघि लाग्छिन् । ३ वर्ष पनि नलागेकी सान्बी आफ्ना आमाबुबाबाट खुशी–खुशीसाथ हात हल्लाएर बिदा माग्दै विद्यालयको गाडीमा बस्छीन् । प्लेग्रुपमै अध्ययनरत हयाती पौंडेल पनि घर बस्न भन्दा विद्यालय जान नै हतार गर्छिन् । अभिभावक तथा चर्चीत गीतकार सविन सिंह एकतारेका छोरा सोही स्कुलमा अध्ययनरत छन् । छोरा साँझ सिंह पनि खुशी हुँदै विद्यालय जाने गरेको उहाँ बताउनुहुन्छ ।


कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा रहेको यूरोकिड्समा अध्ययनरत अधिकांश विद्यार्थी खुशीसाथ विद्यालय जाने गरेको अन्य विद्यार्थीका अभिभावकहरु बताउँछन् । साना – साना बालबालिकाहरु अभिभावकबाट छुट्टीएर विद्यालय जान नमानिरहेको परिपेक्षमा यूरो किड्स गोठाटारमा बालबालिकाहरु खेल्दै, रमाउँदै सिक्न आतुर देखिन्छन् । यूरो किड्स भर्ना गरेको छोटो समयमा बालबालिकाहरु निकै सृजनशिल बनेको अभिभाबकहरु बताउँछन्

युरो किड्स गोठाटारमा प्ले ग्रुपदेखि यूकेजीसम्म पढाई भईरहेको छ । काठमाडौंमा १, ललितपुरमा १ र भक्तपुरमा २ वटा गरी ४ वटा युरो किड्सका शाखा संचालनको अनुभव बटुलेका नवराज काफ्लेको अध्यक्षतामा युरो किड्स गोठाटार संचालनमा आई गुणस्तरीय शिक्षा प्रदान गर्दा अभिभावकहरु निकै उत्साहित बनेका हुन् ।


बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र शारिरीक विकासको लागि प्रशस्त खेलमैदान सहीतको शैक्षिक गन्तव्यको रुपमा युरो किड्स गोठाटार विकास भईरहेको छ । व्यवहारिक र गुणस्तरिय शिक्षाको लागि नै यूरो किड्स सन्चालनमा आएको प्रधानाध्यापक सम्झना गिरीको भनाई छ ।
देश विदेशका शैक्षिक संस्थाहरुसंग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा र सांस्कृतिक वातावरण आदानप्रदानमा जोड दिने प्रबन्ध निर्देशक हेमन्त गौतमले बताउनु भयो ।


बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र शारिरीक विकासको लागि प्रशस्त खेल मैदान सहीतको शैक्षिक गन्तव्यको रुपमा युरो किड्स गोठाटार विकास भइरहेकाले अभिभावकहरु सन्तुष्ट बनेका हुन् । अर्को तर्फ आफ्नै बारीमा फलाएर स्वास्थ्यवद्र्धक अर्गानिक तरकारी बच्चाहरुलाई खुवाईन्छ ।


बालबालिकालाई सहज बनाई खेलाउँदै रमाउँदैं सिकाई गर्दा उनिहरु अझै सृजनात्मक बन्ने गरेको अध्यक्ष नवराज काफ्लेको भनाई छ । बालबालिकाको खानपान देखी हरेक क्रियाकलापहरुलाई सो बच्चाको अनुकुलता अनुसार सिकाईने भएकाले बालबालिकाहरु विद्यालय तर्फ आकर्षित बन्ने गरेको उहाँको भनाई छ । आगामी वर्षहरुमा कक्षा थप गर्दै लैजाने उहाँले जानकारी दिनु भयो । बालबालिकाहरुलाई सानैबाट राम्रो शिक्षादीक्षा र राम्रो संस्कार दिलाउन सकेका मात्र उनीहरुको भविष्य उज्वल हुने विद्यालयको मान्यता छ ।