कागेश्वरी मनोहराको स्वास्थ्य क्रान्ति: अत्याधुनिक ल्याब सेवा विस्तारदेखि बीमा अभियानसम्म, अन्य के-के काम भईरहेका छन् त ?

काठमाडौंकागेश्वरी मनोहरा नगरपालिका भित्रका तीन वटा स्वास्थ्य संस्थामा अत्याधुनिक ल्याब सेवा सुरु गर्यो । वडा नम्बर २ को आलापोट, वडा नम्बर ५ को डाँछी र वडा नम्बर ९ को गोठाटारमा ल्याबसेवा सुरु गरिएको हो । जनस्वास्थयलाई सहज बनाउन नगरपालिकाले फरक ढंगले काम गरिरहे्को यो पछिल्लो उदाहरण हो । औषधि, उपचार र अस्पताल सम्झने परम्परागत सोचबाट नगरपालिकाले आफूलाई फरक दिशामा डोहोयाई रहेको छ । स्वास्थ्यलाई जनजीवनको आधार, अधिकार र आत्मसम्मानको विषयका रूपमा नगरपालिकाले सहि अर्थमा बुझेको प्रष्टै देखिन्छ ।

May be an image of 8 people and dais

नगर प्रमुख उपेन्द्र कार्कीको पहल र दृढ इच्छाशक्तिले स्वस्थ्य उपचार सेवा सहज र अत्याधुनिक बन्दै गएको छ । नगर अस्पताल मात्रै होईन वडावडामा अत्याधुनिक ल्याब सेवा विस्तारले नगरबासीको स्वास्थ्य नगरपालिकाको प्राथमिकतामा छ भन्ने प्रष्ट बनाउँछ । उसो त नगरपालिकाले जेष्ठ नागरिकहलाई घर घरमा पुगेर स्वास्थ्य उपचार गराईरहेको पनि छ । बेला बेला उच्च रत्तचाप, मधुमेह लगायतका रोगहरुको परिक्षण नियमीत रुपमा हुने गरेको छ ।

May be an image of 5 people

स्वास्थ्य बीमा कार्यक्रम पनि नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको छ । सबैलाई बीमाको पहुँचमा ल्याउन अभियान नै चलाएको छ। बीमामा नाम लेखाउनेदेखि सेवा प्राप्त गर्ने प्रक्रियासम्म सहज बनाउने प्रयास अहिले तिव्र गतिमा अघि बढिरहेको छ। नगर कार्यालय, वडाहरू र स्थानीय स्वयंसेवीहरूको समन्वयमा भइरहेको सो कार्यक्रमले नागरिकमा स्वास्थ्यप्रति सजगता मात्र होइन, विश्वास पनि दिलाउन थालेको छ।

May be an image of hospital and text that says 'W'

रोग लागेपछि मात्र उपचार गर्ने होइन, रोग नलाग्नै सक्ने जीवनशैली र वातावरण निर्माणतर्फ पनि कागेश्वरी मनोहरा नगरपालिका उन्मुख छ। सरसफाइ अभियान, मातृशिशु स्वास्थ्य सचेतना, निःशुल्क स्वास्थ्य जाँच शिविर, रक्तदान कार्यक्रमदेखि मानसिक स्वास्थ्यसम्बन्धी छलफलसम्म नगरपालिकाले स्वास्थ्यलाई समग्र मानवीय जीवनको केन्द्रमा राखेर काम गरिरहेको छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्थानीय तहको यस्तो अग्रसररता पक्कै पनि उदाहारणीय बन्न सक्छ ।

May be an image of 4 people
No photo description available.
May be an image of 6 people and text