हास्य व्यङ्ग्य प्रतियोगिता ‘गाईजात्रा २०८२’ को घोषणा, सहभागिताका लागि आह्वान, विजेताले पाउनेछ नगदसहित ट्रफी

काठमाडौं । गाईजात्राको रौनकसँगै यथार्थ खबरले हास्य व्यङ्ग्य प्रतियोगिता ‘गाईजात्रा २०८२’ को घोषणा गरेको छ। फट्यांग्रा मजाकदेखि गहिरो सामाजिक व्यङ्ग्यसम्म, मौलिकता र रचनात्मकताले भरिएका प्रस्तुति रहने बताईएको छ ।
मनोरञ्जन मात्र नभई समाजका जटिल यथार्थलाई हाँसोको माध्यमबाट प्रस्तुत गर्ने एक सशक्त अभियान रहेको आयोजकले जनाएको छ । सहभागीहरूले आफ्ना भिडियो यथार्थ खबरको मोबाइल एपमार्फत पठाउन सक्नेछन् भने दर्शकहरूले त्यही एपबाट भोट दिन सक्नेछन्।

प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ नगदसहित ट्रफी र आकर्षक उपहार जित्नेछ। दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः पचास हजार र पच्चीस हजार रुपैयाँ प्राप्त गर्नेछन्।

भाग लिन चाहनेले यथार्थ खबरको एप डाउनलोड गर्नु पर्नेछ। साथै, फेसबुक र इन्स्टाग्राममा यथार्थ खबरलाई फलो गर्नुपर्नेछ, जुन सहभागीको मान्यताको अनिवार्य प्रक्रिया हो। प्रतियोगितामा भाग लिन आह्वानगरिएको छ ।