
काठमाडौँ: कागेश्वरी मनोहरा नगरपालिकाको दशौ नगर सभा शूरु भएको छ । सोमबार आयोजित दशौँ नगर अधिबेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
नीति तथा कार्यक्रममा सामाजिक क्षेत्र, व्यवस्थित शहरी विकाससहितको भौतिक पूर्वाधार, स्वच्छ खानेपानी, नगरपालिकामा रहेको नगर अस्पताल लगायत सम्पूर्ण स्वास्थ्य केन्द्रहरु र शहरी स्वास्थ्य केन्द्रको क्षमता विस्तार र सुधार, ज्येष्ठ नागरिकलाइ घरदैलोमा निस्शुल्क स्वास्थ्य उपचार सेवा, उपमेयरसँग महिला प्रजनन स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो ।

त्यस्तै, ले आर्थिक बर्ष २०८१/८२ को लागी कुल २ अर्ब ७८ करोड रुपियाँको बजेट सार्वजनीक गरेको छ । नगरसभाको दशौँ अधिबेशनमा उपप्रमुख शान्ता थापाले आगामी आर्थिक वर्षको बजेट सार्वजनीक गर्नु भएको हो ।
कार्यक्रममा विभिन्न विषयगत समितिका संयोजक र वडाध्यक्षहरुले नीति तथा कार्यक्रम बजेटका विषयमा धारणा राख्नु भएको थियो । नगर सभाको उद्घाटन सत्रमा कार्यपालिका सदस्यहरु, नगर सभासदस्य सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।