काठमाडौँ: कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि कुल २ अर्ब ७८ करोडको बजेट सार्वजनीक गरेको छ । सोमबार आयोजित दशौँ नगर अधिबेशनमा नगर उपप्रमुख शान्ता थापाले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट सार्वजनीक गर्नु भएको हो ।
सार्वजनीक बजेटमा पूँजीगत तर्फ २ अर्ब ४० करोड ४३ लाख १५ हजार र चालू तर्फ ३५ करोड रहेको छ ।
कुन शीर्षकमा कति ?
पूर्वाधार तर्फ १ अर्ब १९ करोड
वडा कार्यालयलाई सिलिङ्खतर्फ ९ करोड
शिक्षातर्फ १० करोड
स्वास्थ्य क्षेत्र ६ करोड
नगर अस्पताल १० करोड
स्वास्थ्य बीमा कार्यक्रम २ करोड
सूचना तथा प्रविधि क्षेत्र १ करोड ५० लाख
सहकारी, पर्यटन तथा उद्यम क्षेत्र १ करोड २५ लाख
सहरी सौन्र्दयीकरण २ करोड
खानेपानी पूर्वाधारतर्फ ३ करोड ५० लाख
पार्क, पाटी र शौचालय १ करोड ५० लाख
सिसी टिभी र स्टेट लाईट ४ करोड
सार्वजनीक जग्गा ब्यवस्थापन १ करोड
पूर्वी उपत्यका शहरी योजना १ करोड ५० लाख
खेलकूद पूर्वाधार तर्फ २ करोड
स्वास्थ्य पूर्वाधार तथा उपकरण खरिद २ करोड
मठ मन्दिर, जात्रा तथा पुजा ब्यवस्थापन १ करोड ५० लाख
वडा कार्यालय भवन निर्माण ३ करोड