कागेश्वरी मनोहरा नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

काठमाडौँ: कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । नगर सभामा प्स्तुत कुल २ अर्ब ७८ करोड रुपियाँको बजेट संसोधनसहित पारित गरेको हो ।

नगरसभाको गत असार १० गते उद्घाटन गरिएको थियो । बुधबार सम्पन्न नगरसभाको १० औं अधिबेशनले नगरपालिका सदस्यहरुबाट उठेका बिषय थप र संशोधन गर्दै नीति तथा कार्यक्रम र बजेट पारित भएको हो ।

नगर प्रमुख उपेन्द्र कार्कीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख शान्ता थापा, वडाध्यक्षहरु र नगर सभा सदस्यहरुले भनाई राख्नु भएको थियो ।