कागेश्वरी मनोहरा नगरपालिकाले मूलपानी क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गर्न संघीय सरकारसँग समन्वय गर्ने

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी अन्तराष्टिय क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गर्न नेपाल सरकारसँग समन्वय गर्ने भएको छ । नगरपालिकाले मूलपानी क्रिकेट मैदानमा अन्तराष्टिय खेल आयोजना गर्न क्यानसँग सहकार्य गर्ने जनाएको छ ।

नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको मूलपानी अन्तराष्टिय क्रिकेट मैदानमा मेयर कप क्रिकेट प्रतियोगिता संचालन गरिने बताउनुभयो । वडा नंं ७ स्थित सोमतिर्थमा रहेको मैदानलाई राष्टिय खेलकूद परिषद्,रग्बी संघको सहकार्यमा रग्बी स्टेडियमको डिपिआर तयार गरी स्टेडियम निर्माण कार्य अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा वडा नंं ४ स्थित सिंखडा गाउँमा आईस हक्कीको लागि विभिन्न निकायको सहकार्यमा सम्भाब्यता अध्ययन गरी पूर्वाधार निर्माणको कार्य सम्पन्न गर्न आवश्यक समन्वय र सहकार्य गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, नगरभित्रका युवाहरुलाई रोजगार तथा उद्यमशीलतासँग जोड्दै उत्पादकत्व अभिबृद्धि गर्न युवा तथ साना ब्यवसायी स्वरोजगार कोष, युवा परिषद्, सहकारी संस्थाहरु लगायतसँग सहकार्य र साभेदारीमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने र युवाहरुलाई आत्मनिर्भर, ब्यवसायी, प्रविधिमैत्री बनाउनको ालागि आइसिटी हब को स्थापन गरि आइसिटी सम्बन्धी शिक्ष, सिप र तालिम दिइने भएको छ ।

त्यस्तैगरि, विद्यालयस्तर देखि सामुदायिक कलेजसम्म खेलकूदको प्रबद्र्धन तथा विकास गर्न खेलकूद सम्बन्धी अध्ययन अध्यापनको ब्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।