
काठमाडौं: खेलकूद नगरी बनाउने उद्देश्यमा केन्द्रित भइरहेको कागेश्वरी मनोहरा नगरपालिकाले खेलकूद पूर्वाधार विकास कालगि २ करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ को लागि सो बजेट विनियोजन गरेको हो ।
नगरपालिकाले कुल २ अर्ब ७८ करोडको बजेटमा पूँजीगत तर्फ २ अर्ब ४० करोड ४३ लाख १५ हजार र चालू तर्फ ३५ करोड छुट्याएको छ ।