कागेश्वरी मनोहरामा सिसी टिभी र सडक बत्ती जडानका लागि ५ करोड बजेट, सुरक्षालाई प्रविधिमैत्री बनाउँदै लगिने मेयर कार्कीको भनाई

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले बढ्दो जनसंख्यासँगै सहरी सुरक्षा चुनौती बढ्दै गएकाले नगरपालिकाले सुरक्षालाई पनि विशेष प्राथमिकता दिदैँ गएको बताउनु भएको छ ।

नगर प्रमुख कार्कीले शुक्रबार काँडाघारी प्रहरी प्रभाग भवनको उद्घाटन गर्नुहुँदै नगरभित्रको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दैै आवश्यक नीति तर्जुमा गरि बजेट विनियोजन गरिएको बताउनुभयो ।

प्रहरीलाई स्रोत र साधनले सम्पन्न बनाएमात्र शान्ति सुरक्षा कायम गर्न सकिने भएकाले नगरपालिकाले आवश्यक सहयोग गर्दै सुरक्षालाई प्रविधिमैत्री बनाउन लागिपरेको बताउनुभयो । सुरक्षीत शहर आजको आवश्यकता रहेको बताउँदै स्थानीय जनसमुदाय, जनप्रतिनिधि र प्रहरीको संयुक्त प्रयासमा मात्र सो कुरा सम्भव हुने बताउनुभयो ।
बाईट

मेयर कार्कीले शान्ति सुरक्षा कायम राख्न आवश्यक स्रोत र साधनलाई सम्बोधन गर्न आवश्यक ठानी टोल सुधार समितिसँगको साझेदारीमा सिसी टिभी जडान गर्ने नीति लिएको स्पष्ट पार्नुभयो ।

नगरपालिकाले नीति तथा कार्यक्रमा नै नगरपालिका क्षेत्रभित्र शान्ति सुरक्षित कायम गरी अपराधिक क्रियाकलप न्यूनीकरण गर्न उच्च गुणस्तरका सिसी क्यामेरा प्रयोग गरि क्यामेरामा कैद हुने गतिविधिहरुलाई अवलोकन गर्न अवलोकन कक्षा स्थापना गर्ने उल्लेख गरेको छ ।

त्यस्तै, आगामी आर्थिक वर्षका लागि सिसी टिभी र सडक बत्ती जडानका लागि ४ करोड तथा टोल सुधार समितिहरुसँग साझेदारीका लागि १ करोड गरि ५ करोड बजेट समेत विनियोजन गरिएको छ ।

नरपालिकाबाट ९ लाख ५५ लाख सहयोग र २० प्रतिशत स्थानीय टोल सुधार समितिहरुको गरि करिब ११ लाख लागतमा भवनको तला थपिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नंं २ का सभापति कविर शर्मा, वडा नंं ७ का वडाध्यक्ष भिमसेन थापा, वडा नंं ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी, एकीकृत काँडाघारी सेवा समाजका अध्यक्ष डोल नाथ पोखरेल, नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर सभापति उद्दव दाहाल, गान्धी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यायलगायत सरोकारवाला निकायका प्रतिनिधिहरुले पनि बोल्नु भएको थियो ।