कागेश्वरी मनोहरा –१ मा स्तन तथा पाठेघरको क्यान्सर र घरेलु हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

गागल : कागेश्वरी मनोहरा नगरपालिका–१ मा महिलामा देखापर्ने स्तन तथा पाठेघरको क्यान्सर तथा घरेलु हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले आयोजित विशेष सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा स्वास्थ्य विशेषज्ञ तथा महिला अधिकारकर्मीहरूले क्यान्सरका प्रारम्भिक संकेत, रोकथामका उपायहरू, नियमित स्वास्थ्य परीक्षणको महत्व, घरेलु हिंसाका रूप, कानुनी प्रावधान र पीडितले प्राप्त गर्न सक्ने सहयोगबारे विस्तृत जानकारी प्रदान गर्नु भएको थियो ।

स्थानीय महिलाको सक्रिय सहभागितासहित भएको उक्त कार्यक्रम वडा नंं १ का वडाध्यक्ष मकुन्द गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा महिला बालबालीका तथा समाज कल्याण शाखा प्रमुख सविना श्रेष्ठ पनि सहभागि हुनुहुन्थ्यो ।