कागेश्वरी मनोहराद्धारा शिक्षा क्षेत्रमा १० करोड बजेट विनियोजन

काडमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले शिक्षा क्षेत्रमा १० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१र८२ को लागि शिक्षामा १० करोड बजेट छुट्याइएको हो ।

नगरपालिकाले रातो बंगला फाउन्डेसनसँगको साझेदारीमा सञ्चालित प्रारम्भिक बाल कक्षा सुधार कार्यक्रमलाई आगामी वर्ष विस्तार गरी कक्षा ३ सम्म पुर्याउने भएको छ ।

यस अन्तर्गत कक्षा शिक्षण ब्यवस्था, शिक्षक क्षमता विकास, कक्षा कोठामा भौतिक तथा शैक्षिक पूर्वाधार विकास, कक्षा कोठा ब्यवस्थापन लगायतका विभिन्न क्रियाकलप सहित बाल मैत्री शिक्षण सिकाई ब्यवस्था मिलाईने भएको छ ।