थली : कागेश्वरी मनोहरा नगरपालिकाले दलीत र अती विपन्न समुदायलाई ५ सय थान ईन्डक्सन चुलो वितरण गरेको छ । सोमबार आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख उपेन्द्र कार्की र उपप्रमुख शान्ता थापाले चुलो वितरण गर्नुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाले संघीय सरकारको सशर्त अनुदान अन्तर्गत नवीकरण उर्जा प्रविधि जडान कार्यक्रम पुँजीगत शीर्षकमा बजेट व्यवस्था भए बमोजिम वडा नम्बर १ देखि ९ सम्म स्थायी बसोबास गर्ने दलीत र अति विपन्न नागरिकहरुलाई ५०० थान चुलो वितरण गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख कार्कीसहित उपप्रमुख थापा, वडा नंं १ का वडाध्यक्ष मकुन्द गजुरेल, ४ का वडाध्यक्ष धन श्रेष्ठ, ५ का वडाध्यक्ष शंकर पाण्डे, ६ का वडाध्यक्ष प्रकाश फुयाँल, कार्यापालिका सदस्य गोमा बिशुंन्केलगायतले बोल्नु भएको थियो ।
त्यस्तै, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख पुस्प राज ढकालको सभापतीत्वमा सम्पन्न कार्यक्रममा जिन्सी शाखा प्रमुख रामेश्वर दाहाललगायतले पनि बोल्नु भएको थियो ।