कागेश्वरी मनोहरामा १७ हजार ३०६ जना बालबालिकालाई खुवाइयो पोलियो थोपा

थली: काठमाडौं उपत्यकासहित कागेश्वरी मनोहरा नगरपालिकामा पनि बिशेष पोलियो खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ । बुधबारबाट शूरु भएको पोलियो खोप अभियान शनिबार सम्पन्न भएको हो ।

नगरका विद्यालय र टोल टोलमा पुगेर स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुमार्फत ५ वर्ष मुनिका बालबालिकाहरुलाई पोलियो थोपा खुवाइएको हो ।

नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन ज्ञान बहादुर महतका अनुसार नगरपालिकामा १७ हजार ३०६ जना बालबालिकालाई पोलियो थोपा खुवाइएको छ ।

नगरभित्रका १२ हजार ४ सय ३० जना बालबालीकालाई पोलियो थोपा खुवाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा ५ हजार भन्दा बढी बालबालिकालाई खुवाइएको छ ।