
आलापोट: कागेश्वरी मनोहरा नगरपालिका वडा नंं २ को आलापोट स्वास्थ्य चौकीमा ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ सम्पन्न गरिएको छ । वडामा बसोबास गर्ने ६० बर्ष वा सो भन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरि आयोजना गरिएको हो ।

नगरपालिकामा नगर प्रमुख उपेन्द्र कार्की निर्वाचीत भएर आउनु भएपछि हरेक वर्ष नियमीत रुपमा संचालन हुँदै आएको मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रममा सामान्य स्वास्थ्य परिक्षण होल वडी चेकजाँच, आँखा जाँच तथा चस्मा वितरण, मुटु रोग, हाडजोर्नी, फिजियोथेरापी, मनोपरामर्श, भिडियो एक्सरे, रक्त अल्पता परिक्षण, स्वास्थ्य परामर्श सेवा र नि:शुल्क स्वास्थ्य विमा लगायतका सेवाहरु निशुल्क उपलब्ध गराइएको छ ।

शिवीरबाट १ सय ६६ जनाले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलजा लामा केसीले बताउनुभयो । शिवीरमा १५९ जनाको आँखा जाँच गरिएकोमा २० जनालाई मोतियाबिन्दूको समस्या देखिएको छ । मोतीयाबिन्दू देखिएकालाई त्रिपुरेश्वर आँखा अस्पतालमा अपरेशनको तयारी भइरहेको शाखा प्रमुख लामाले बताउनुभयो ।

शिवीरमा १५० जनाको सुँगुरको जाँच गराउँदा २२ जनामा देखिएको छ भने ब्लड प्रेसर १६६ जनाको परिक्षण गरिएकोमा ७१ जनालाई प्रेसर हाई देखिएको छ ।

त्यस्तै, १६ जनालाई मनोसामाजिक सेवा प्रदान गरिएकोमा ५ जनालाई नगर अस्पतालमा रिफर गरिएको छ । शिवीरमा मुटुको समस्या देखिएका दुई जनालाई गंगालाल अस्पताल पठाइएको छ ।

शिविरमा उपचार गर्न आउने ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क औषधिदेखि सबै प्रकारका सेवा उपलब्ध गराइएको हो ।




