मूलपानी नगर अस्पतालमा प्रशासन प्रमुख पौडेललाई स्वागत, अस्पतालको विस्तार र सुधारमा लागिपर्ने प्रतिबद्धता

मूलपानी: मूलपानी नगर अस्पतालमा प्रशासन प्रमुखको रुपमा आउनु भएको राम प्रसाद पौडेललाई स्वागत गरिएको छ । नगर अस्पतालमा काठमाडौं महानगरपालिकाबाट सरुवा भई आउनु भएको पौडेललाई आइतबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कार्कीले स्वागत गर्नुभयो ।

नगर प्रमुख कार्कीले नयाँ प्रशासन प्रमुखबाट नगर अस्पतालको ब्यवस्थापनलाई अब्बल बनाउन र सेवा गुणस्तरीय तथा प्रभावकारी ढंगले अगाडि बढाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नंं ६ का वडाध्यक्ष प्रकाश फुयालले अस्पतालका कर्मचारी बिरामीमैत्री बनेमा सेवासँगै विश्वसनीयता पनि बढ्दै जाने बताउनुभयो ।

प्रशासन प्रमुख पौडेलले कागेश्वरी मनोहराको एक मात्र नगर अस्पतालको सुधार र विस्तारका लागि आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा प्रशासन प्रमुख पौडेललाई अस्पतालका कर्मचारी तथा चिकित्सकहरुले खादा लगाएर स्वागत गर्नु भएको थियो ।

स्वागत कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तुलजा लामा केसी, योजना शाखा प्रमुख सुदिप लामिछाने, पूर्वाधार विकास शाखा प्रमुख नवीन पाण्डे, कार्यापालिका सदस्य रुपमती सापाकोटा, अस्पताल निमित्त मेडिकल सुपरिटेन्ड डा. सन्तोष रम्तेल, अस्पताल ब्यवस्थापक प्रज्ञा पाण्डे, नगर प्रमुखको स्वकीय सचिव सुवास फुयाललगायत कर्मचारीहरुको सहभागिता थियो ।