थली । कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने कार्यमा लाग्न वडा कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य बीमा दर्ता सहयोगीलाई आग्रह गरेको छ ।
नगरपालिकाा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सूचना जारी गदै अधिकतम नगरबासीहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागि गराई बीमा स्वास्थ्य सुविधाको पहुँचमा विस्तार गरि सबै नागरिकहरुमा पुर्याउन आग्रह गर्नु भएको हो ।
नगरपालिकाले बीमा नगएका तर सेवा लिन आउने सेवाग्राहीहरुलाई बीमामा जोडिन प्रोत्साहन गरि नागरिकहरुलाई स्वास्थ्य बीमा कार्यक्रमको महत्व, यसबाट प्राप्त हुने सुविधा समेतको ब्यापक प्रचार प्रसार गरि बीमा कार्यक्रममा सहभागि गराउने ब्यवस्था मिलाउन आग्रह गरेको हो ।






