कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओचुकी सहरबीच भगिनी सम्बन्ध कायम

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओचुकी सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । गोकर्ण फोरेस्ट रिसोर्टमा बुधबार आयोजित एक कार्यक्रमका बीच कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र ओचुकी सहरका मेयर नुबुयासी कोबायासी बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा विधान सभाका सभामुख युजुकी मासाहितोलगायत विशिष्ट ब्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।

भगिनी सम्बन्ध कायम भएसँगै पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक सम्बध कायम राखी दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, संस्कृति, कृषि, पर्यटन लगायत क्षेत्रमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।

कागेश्वरीका मेयर कार्कीले भगिनी सम्बन्धले जापानबाट ज्ञान, सिप, प्रविधि, संस्कृति र विकासमा समन्वय, सहकार्य र सहयोग आदनप्रदानको बाटो खुला गरेको बताउनुभयो ।

कार्यक्रममा नगर उपपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले स्वागत तथा अन्तराष्टिय सम्बन्ध शाखा प्रमुख अस्मिता गजुरेलले नगरपालिकाको बारेम प्रस्तुति दिनु भएको थियो । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।