कागेश्वरी मनोहरामा १५५ औं गान्धी जन्म जयन्तीको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न

काडाँघारी: कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले अहिंसा, सरलता र सत्यताका प्रतिक महात्मा गान्धीको आदर्शबारे नगरपालिकाका विद्यार्थीहरुमाझ लागु गर्ने बताउनु भएको छ ।

१ सय ५५ औं गान्धी जन्म जयन्तीका अवसरमा बुधबार गान्धी विद्यालयमा आयोजित कार्यक्रममा मेयर कार्कीले सो कुरा बताउनु भएको हो । गान्धीको आदर्श विद्यार्थीहरुमाझ कुनै न कुनै रुपमा पुर्याउनु पर्नेमा मेयर कार्कीले जोड दिनु भयो ।

महात्मा गान्धीको नामबाट कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा गान्धी आदर्श माध्यमिक विद्यालय सन्चालनमा रहेको छ । सो विद्यालय वि.सं २ हजार १० सालमा स्थापना भएको हो ।

विद्यालयमा कागेश्वरी मनोहरा नगरपालिकाकै सबैभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयमा मात्रै नभई नगरपालिकाका सबै विद्यालयका विद्यार्थीहरुलाई महात्मा गान्धीको आदर्शबारे कुनै न कुनै रुपमा अभ्यस्त गर्ने प्रयास गरिहेको बताउनु भयो ।

सो कार्यक्रममा नेपाल स्थित भारतीय राजदूतवासका द्धितीय सचिव बशिष्ट नन्दनले गान्धीको सिद्धान्त आज पनि सान्दर्भिक रहेको भन्दै सबैले पालन गर्नु पर्नेमा जोड दिनु भयो ।

कागेश्वरी मनोहरा नगरपालिका, गान्धी आदर्श माध्यमीक विद्यालय, नेपाल भारत मानव विकास एवं मैत्री संघ र गान्धी ग्लोबल फेमेली नेपालको संयुक्त आयोजनामा बुधबार कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ स्थित गान्धी विद्यालयमा १५५ औं गान्धी जन्म जयन्तीको अवसरमा प्रवचन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, नेपाल स्थित भारतीय राजदूतवासका द्धितीय सचिव बशिष्ट नन्दन, नेपाल भारत मानव विकास एवं मैत्री संघका सूर्य भूषाल, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंं २ का क्षेत्रीय सभापति कवीर शर्मा, गान्धी ग्लोबल फेमेली नेपालको तर्फबाट पार्वती भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम गान्धी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो ।