काठमाडौं: गुणस्तरीय शिक्षा दिने विद्यालयका रुपमा ब्राण्ड बनाएको प्रिस्कुल यूरो किड्स कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा बालबालिकाहरु खेल्दै, रमाउँदै, सिक्दै गरिरहेका छन् ।
विश्वभर करिब १४ सय शाखा रहेको यूरो किड्सको गोठाटार शाखा सबैभन्दा कान्छो हो । यूरो किड्स भर्ना गरेको छोटो समयमा बालबालिकाहरु निकै सृजनशिल बनेको भन्दै अभिभावकहरु हर्षित बनेका हुन् ।
युरो किड्स गोठाटारमा प्ले ग्रुपदेखि १ कक्षासम्म पढाई भईरहेको छ । काठमाडौंमा १, ललितपुरमा १ र भक्तपुरमा २ वटा गरी ४ वटा युरो किड्सका शाखा संचालनको अनुभव बटुलेका नवराज काफ्लेको अध्यक्षतामा युरो किड्स गोठाटार संचालनमा आई गुणस्तरीय शिक्षा प्रदान गर्दा अभिभावकहरु निकै उत्साहित बनेका हुन् ।
बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र शारिरीक विकासको लागि प्रशस्त खेलमैदान सहीतको शैक्षिक गन्तव्यको रुपमा युरो किड्स गोठाटार विकास भईरहेको छ । व्यवहारिक र गुणस्तरिय शिक्षाको लागि नै यूरो किड्स सन्चालनमा आएको प्रधानाध्यापक सम्झना गिरीको भनाई छ ।
व्यवहारिक र गुणस्तरिय शिक्षाको लागि नै यूरोड्सि सन्चालनमा आएको प्रधानाध्यापक सम्झना गिरीको भनाई छ । देश विदेशका शैक्षिक संस्थाहरुसंग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा र सांस्कृतिक वातावरण आदानप्रदानमा जोड दिने प्रबन्ध निर्देशक हेमन्त गौतमले बताउनु भयो ।
बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र शारिरीक विकासको लागि प्रशस्त खेल मैदान सहीतको शैक्षिक गन्तव्यको रुपमा युरो किड्स गोठाटार विकास भइरहेकाले अभिभावकहरु सन्तुष्ट बनेका हुन् । अर्को तर्फ आफ्नै बारीमा फलाएर स्वास्थ्यवद्र्धक अर्गानिक तरकारी बच्चाहरुलाई खुवाईन्छ ।
आगामी वर्षहरुमा कक्षा थप गर्दै लैजाने अध्यक्ष नवराज काफ्लेले जानकारी दिनु भयो । बालबालिकाहरुलाई सानैबाट राम्रो शिक्षादीक्षा र राम्रो संस्कार दिलाउन सकेका मात्र उनीहरुको भविष्य उज्वल हुने विद्यालयको मान्यता छ ।