बागमती करिडोरलाई आर्कषक र फोहोर रहित बनाउने अभियानमा कागेश्वरी मनोहरा नगरपालिका, जनस्तरको सहयोग र सहभागितामा मात्र अभियान सफल हुने मेयर कार्कीको विश्वास

गोठाटार: कागेश्वरी मनोहरा नगरपालिकाले बागमती सफाई अभियानको थालनी गरेको छ । कागेश्वरी मनोहरा नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने योजना अनुरुप बागमती करिडोरको सफाई अभियान शूरु गरिएको हो ।

शनिबार नगर प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी मनोहरा वडा नंं ८ को भुभागमा पर्ने बागमती करिडोरलाई आकर्षक र फोहर रहित बनाउने उदेश्य अनुरूप बागमती सफाई तथा करिडोर संरक्षण अभियानको थालनी गर्नुभयो ।

वडा नंं ८ वडा कार्यालयको आयोजनामा भएको अभियानको शुभारम्भ गर्नुहुँदै नगर प्रमुख कार्कीले सफाई अभियान सबैको साथ सहयोग र जनस्तरको सहभागितामा मात्र सम्भव हुने बताउनुभयो ।

नगर प्रमुख उपेन्द्र कार्कीले अब निरन्तर रुपमा नगरपालिकाको विभिन्न वडाका नदी नाला संरक्षण तथा सरसफाई लगायत कामलाई जोड दिने तयारी रहेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा वडा नंं ८ वडाध्यक्ष हरिभक्त पुडासैनीसहित जनप्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहभागिता रहेको थियो ।