काडाँघारी : विश्व ब्यापी रुपमा (नोबेम्भर २५ देखि डिसेम्बर २) मंसिर १० गत्ते देखी मंसिर २५ गत्ते सम्म १६ दिन संचालन हुने लैङ्गिक हिंसा बिरुद्द जनचेतना मुलक कार्यक्रमको तयारी ब्यापक बनाइएको छ ।
कागेश्वरी मनोहरा वडा नंं ७,८,९, गान्धी आदर्श माध्यमिक विद्यालय, काठमाडौं महानगरपालिका वडा नंं ३२, प्रहरी बृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग काडाँघारी, सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीबार हुने कार्यक्रमको तयारी ब्यापक बनाइएको हो ।
तयारी स्वस्प कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ७, ९ र ९ वडा कार्यालयमा बैठक बसी तयारी भइरहेको छ । वडा भित्रका बिभिन्न संघ संस्था, टोल सुधार समाज, महिला समुह, महिला जागरण अभियान, बिद्यालय, महिला सवेम सेवक, संजालहरुका अध्यक्ष तथा सदस्यहरु लगायतको उपस्थितिमा बैठक बसी कार्यक्रम भब्य बनाउने निर्णय गरिएको हो ।
वडा नंं ९ का वडाध्यक्ष अनील थापाले कार्यक्रममा सहभागिताका लागि वडाबासी सबैमा आग्रह गर्नुभएको छ । वडा नंं ९ को बिरेन्द्र चोकमा भेला भई जनचेतना मूलक र्याली शूरु गरिने बताउनुभयो । कार्यक्रम गान्धी आदर्श माध्यमिक विद्यालयको प्रागणमा हुनेछ ।
त्यस्तै, गान्धी आदर्श माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यायले कार्यक्रमको तयारी ब्यापक बनाइएको बताउनुभयो ।
अध्यक्ष उपाध्यायका अनुसार कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रहरी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यता तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की र उपप्रमुख शान्ता थापा लगाय विशेष अतिथिको रुपमा सहभागि भई सम्बोधन गर्नुहुनेछ ।