थली: कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ५ ले जीवन विज्ञानको सहकार्यमा निःशुल्क योग, प्राणयाम र ऊर्जा ध्यान केन्द्र कार्यक्रमको आयोजना गर्ने भएको छ । वडाले यही मंसिर १५ गते शनिबारदेखि निशुल्क योग कार्यक्रम गर्न लागेको हो ।
वडाध्यक्ष शंकर पाण्डेले योग कार्यक्रममा सहभागिता लागि सम्पूर्ण वडाबासीमा आग्रह गर्नु भएको छ । कार्यक्रम सानोथली स्थित जलकाली मन्दिरको सामुदायिक भवनमा बिहान ५ बजेदेखि ६ ३० सम्म संचालन हुनेछ ।