काँडाघारी: कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ ले प्रहरी प्रभाग काँडाघारीलाई अनुसन्धानमा थुनामा राखिएका ब्यक्तिहरुका लागि जोडोमा ओढ्ने ओछ्याउने वितरण गरेको छ ।
वडाले बुधबार प्रहरी प्रभागमा आयोजित एक कार्यक्रमका बीच वडाध्यक्ष अनील थापासहित वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा थुनुवाको लागि कमल, मण्डी, ब्याल्ककेट, फोहोर फाल्ने डस्टिवन वितरण गरिएको हो ।
वडाध्यक्ष थापाले प्रभागको माग बमोजीम थुनुवाको लागि ती सामाग्री वितरण गरिएको बताउनुभयो ।
कार्यक्रमममा कार्यपालिका सदस्य सारा पुर्कुटी, वडा सदस्यहरु राजेन्द्र थापा, मञ्जु अधिकारी थापा, गान्धी आदर्श माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यायलगायत सहभागि हुनुहुन्थ्यो ।