लैङ्गिक हिंसा बिरुद्ध कागेश्वरी मनोहरामा सचेतनामूलक कार्यक्रम, हिंसा न्यूनीकरणमा सबै एकजुट हुनुपर्नेमा जोड

काडाँघारी : ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ कागेश्वरी मनोहरामा लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान स्वस्प प्रभातफेरि तथा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालयको प्रागणमा बिहीबार भब्य रुपमा कार्यक्रम आयोजना गरिएको हो ।

कागेश्वरी मनोहरा वडा नंं ७, ८, ९, गान्धी आदर्श माध्यमिक विद्यालय, काठमाडौं महानगरपालिका वडा नंं ३२, प्रहरी बृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग काडाँघारी, सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा ‘महिला हिंसा अन्त्य गरौ, सभ्य समाज निर्माण गरौ’ जस्ता प्ले कार्डसहित प्रभातफेरि र सचेतना कार्यक्रम गरिएको हो ।

प्रभातफेरि वडा नंं ७ को फोर्स पार्क, वडा नंं ८ र ९ को बिरेन्द्र चोकमा सहभागि भई गान्धी स्कुलमा पुगेर टुंगिएको थियो ।

कार्यक्रममा जनप्रतिनिधिहरु, बिभिन्न संघ संस्था, टोल सुधार समाज, महिला समुह, महिला जागरण अभियान, बिद्यालय, महिला स्वयम सेवक, संजालहरुका अध्यक्ष तथा सदस्यहरु लगायतको उल्लेख्ख सहभागिता रहेको थियो ।

कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रहरी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यता तथा कागेश्वरी मनोहरा नगरपालिका उपप्रमुख शान्ता थापासहित ७ का कार्यवाहक वडाध्यक्ष भक्त थापा, ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी, ९ का वडाध्यक्ष अनील थापा, नगरपालिका महिला बालबालीका तथा समाज कल्याण शाखा प्रमुख सविना श्रेष्ठ, प्याप्सनका महासचिव तथा नेक्सस एकेडेमीका संस्थापक प्रिन्सिपल आरवी कट्वाल, गान्धी आदर्श माध्यमीक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्याय लगायत ब्यक्तीत्वहरु अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले नेपालमा लैङ्गिक हिंसा विरुद्ध धेरै खालका अभियान संचालन भइरहेको बताउनुभयो । विशेष गरेर लैगिंक हिंसामा घरेलु हिंसाको तथ्यांंक सबैभन्दा बढी आउने गरेको र त्यसमा पनि यौन तथा बलात्कारका घटना आउने गरेको बताउनुभयो ।

नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०८० ८१ मा १९ प्रकारका लैङ्गिक हिंसाका २० हजार ९ सय ९४ वटा घटना घटेकोमा मिलापत्र भएर ४ हजार ८ सय ८० मुद्दा दर्ता भएको पनि बताउनुभयो ।

पछिल्लो समय महिला हिंसा सँगै पुरुषहरु पनि पीडित हुने गरेको तर त्यस्ता घट्ना खुलेर नआउने गरेको बताउनुभयो । उहाँले समाजमा अपराध हुने भएकाले त्यसको विषयमा हरेक ब्यक्तीले बोल्नुपर्ने र प्रहरी युनिटमा गएर उजुरी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कागेश्वरी नगरपालिका उपप्रमुख थापाले वर्षमा एक दिन कार्यक्रम गरेर मात्र लैङ्गिक हिंसा उन्मूलन नहुने भएकाले यसलाई अभियानको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कागेश्वरी मनोहरा नगरपालिकाका अधिकांश वडाबाट आउने महिला हिंसाका घटना दर्दनाक रहेको जानकारी गराउनुहुँदै लैङ्गिक हिंसा न्यूनीकरणका लागि हरेक ब्यक्तीले आफैबाट शुरुवात गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक सेवा तथा विकास समाज एवं सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरका अधयक्ष रविन्द्र थापाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा गान्धी आदर्श माध्यमीक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यक्षले स्वागत र सामुदायिक सेवा केन्द्र कोटेश्वरका महासचिव पदम कुमार रेग्मीले संचालन गर्नु भएको थियो ।

सोही अवसरमा लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक नृत्य तथा सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।