थली: कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ५ ले टोल टोलमा सरसफाई अभियान थालेको छ । अभियान अन्तर्गत वडा कार्यालयबाट सफाई मजदुर खटाएर नियमीत रुपमा टोल, सडक, बाटोहरु सरसफाई गरिनेछ ।
वडाध्यक्ष शंकर पाण्डेले दुई वर्षदेखि नियमीत रुपमा सफाई अभियान चलाए पनि केहि समय रोकिएकाले पुनः शूरु गरिएको बताउनुभयो । वडाबाट खटाइएका सफाई मजदुरले नियमीत रुपमा सफाई गर्ने पनि वडाध्यक्ष पाण्डेले बताउनुभयो ।
कार्यक्रममा वडाका जनप्रतिनिधिहरु आत्मराम पौडेल, शुसान्त श्रेष्ठसहित स्थानीयको सहभागिता थियो ।