गोठाटार: युरो किड्स, गोठाटार र सानिमा बैंकबीच छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौतामा अनुसार सानिमा बैंकका कर्मचारी तथा ग्राहकलाई युरोकिड्स, गोठाटारले छुट उपलब्ध गराउने भएको हो ।
सम्झौता पत्रमा युरो किड्स, गोठाटारका प्रबन्ध निर्देशक हेमन्त गौतम र सानिमा बैंक काँडाघारीकी शाखा प्रबन्धक प्रमिका विष्टले हस्ताक्षर गर्नु भएको हो ।
सम्झौतामा सानिमा बैंकका कर्मचारी तथा सानिमा बैकको डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ता वा क्यू आर कोड प्रयोग गर्ने ग्राहकलाई युरोकिड्स, गोठाटारले विद्यार्थी भर्नामा २५ प्रतिशत र मासिक शुल्कमा १५ छुट दिने जनाएका छन् । विश्वभर करिब १४ सय शाखा रहेको यूरो किड्सको गोठाटार शाखा सबैभन्दा कान्छो हो ।
काठमाडौंमा १, ललितपुरमा १ र भक्तपुरमा २ वटा गरी ४ वटा युरो किड्सका शाखा संचालनको अनुभव बटुलेका नवराज काफ्ले युरो किड्स गोठाटारका अध्यक्ष हुनुहुन्छ । ‘सानिमा वैकसँगको सहकार्यले युरो किड्सलाई थप उर्जा मिलेको छ’ अध्यक्ष काफ्लेले भन्नुभो, ‘ केही महिना अगाडि संचालनमा आएको युरो किड्स गोठाटारमा प्ले ग्रुपदेखि १ कक्षासम्म पढाई भइरहेको छ, संचालनमा आएको छाटो समयमा नै अभिभावकबाट राम्रो प्रतिकृया पाइरहेका छौं ।’
बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र शारिरीक विकासको लागि प्रशस्त खेलमैदान सहीतको शैक्षिक गन्तव्यको रुपमा युरो किड्स गोठाटार विकास भइरहेकोले व्यवहारिक र गुणस्तरिय शिक्षाको लागि नै यूरो किड्स सन्चालनमा आएको प्रधानाध्यापक सम्झना गिरीको भनाई छ ।
देश विदेशका शैक्षिक संस्थाहरुसंग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा र सांस्कृतिक वातावरण आदानप्रदानमा जोड दिने प्रबन्ध निर्देशक हेमन्त गौतम बताउँछन् । गौतम भन्नुहुन्छ –‘सानिमा बैंकसँगको सहकार्यमा स्कुल र वैंकलाई दुवैलाई फाइदा पुग्नेछ ।’
युरो किड्स गोठाटारमा अहिले आकर्षक छुटसहित विद्यार्थी भर्नाका लागि अवसर खुलेको छ । अन्तर्राष्ट्रियस्तरको सिकाईका लागि आफ्ना बच्चाका लागि युरो किड्स गोठाटार उपयुक्त विद्यालय बन्न सक्छ ।