मूलपानी (काठमाडौ): कागेश्वरी मनोहरा नगर सभाको एघारौं अधिवेशनमा प्रस्तुत विभिन्न विधेयक र विषयतग समितिका प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित भएको छ । नगर सभा नगर प्रमुख उपेन्द्र कार्कीको सभापतीत्वमा बसेको थियो ।
नगर प्रवक्ता हरिभक्त पुडासैनीका अनुसार सभाबाट ऐन नियमतर्फ बिज्ञापन विधेयक २०८१, दलित संशत्तीकरण विधेयक २०८१, संशोधन तर्फ विनियोजन ऐन २०८१ को पहिलो संसोधन, आर्थिक ऐन २०८१ को पहिलो संशोधन, कार्याविधि तर्फ पशु सेवा कार्यक्रम संचालन कार्यविधि २०८१, बहाल कर ब्यबस्थापन कार्यविधि कार्यविधि २०८१ सर्वसम्मत रुपमा पारित भएको छ ।
त्यस्तै, समितिको तर्फबाट पेश भएका सभामा लेखा समितिको प्रतिवेदन, सामाजिक विकास समितिको प्रतिवेदन, स्थानीय राजश्व परामर्श समितिको प्रतिवेदन, वातावरण तथा विपद ब्यबस्थापन समितिको प्रतिवेदन, सार्वजनीक जग्गा संरक्षण समितिको प्रतिवेदन र विकास तथा सुशासन समितिको प्रतिवेदन गरि ६ वटा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ ।
त्यस्तैगरि, शाखागत रुपमा प्रस्तुत भएका बस्ती विकास तथा भवन शाखा र शिक्षा, युवा तथा खेलकुद शाखाबाट पेश भएका प्रतिवेदन समेत सर्वसम्मत रुपमा पारित भएको नगर प्रवक्त पुडासैनीले जानकारी गराउनुभयो ।