
काठमाडौं (थली) : कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ‘लिजा’ मा अहिलेसम्मकै उत्कृष्ठ अंक ल्याउन सफल भएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने नगरपालिकाले निरन्तर रुपमा लिजामा प्रगति हासिल गरिरहेको छ । नगरपालिकाले बुधबार सार्वजनीक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ८६.५ अंक प्राप्त गरेको हो । यो अंक अहिलेसम्मकै उत्कृष्ठ हो ।
नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा ६७.५ अंक प्राप्त गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाले ६१.५ अंक प्राप्त गरेको थियो । नगरपालिकामा मेयर उपेन्द्र कार्कीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपछिको पछिल्लो तीन वर्षमा लिजामा प्रगती गर्दै आइरहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले विभिन्न विषय क्षेत्रलाई आधार बनाएर स्थानीय तह स्वमूल्यांकन गर्दै आएको छ ।
त्यस्तै, नगरपालिकाले वित्तिय जेखिम मुल्यांकनमा ८७ अंक प्राप्त गर्दै हाल सम्मकै उत्कृष्ट बनेको हो ।
नगरपालिकाले कुन विषयक्षेत्रमा कति अंक पायो ?

कुन पालिकाले कति अंक पाए ?