कागेश्वरी मनोहरा पर्यटन महोत्सवको तयारी पूरा, पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने, स्थानीय उत्पादनका स्टलका साथै कलाकारको बेजोड प्रस्तुति रहने

गागलफेदी : कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १ मा रहेको प्रशिद्ध तीर्थस्थल कागेश्वरी मन्दिर परिसरमा मनाइन लागिएको ११ औं कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ को तयारी पूरा भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा बिहीबार मनाउन लागिएको ११औ कागेश्वरी मनोहरा पर्यटन महोत्सव” को तयारी पूरा भएको छ ।

कागेश्वरी धाम क्षेत्रलाई प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नुहुने कार्यक्रम छ । महोत्सवमा स्थानीय उत्पादनका साथै ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ भने भजन, कीर्तन, विभिन्न साहित्यिक कार्यक्रम एवं झाक्रीहरू प्रस्तुती हुनेछन् ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले प्रत्येक बर्षको फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर नगरपालिकाले यस्तो महोत्सव आयोजना गर्दै आएको समेत बताउनुभयो ।

नगर प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष हरिभक्त पुडासैनीले महोत्सवको सम्पूर्ण तयारी भएको र सबै नगरबासीमा सहभागिताका लागि आह्रवान समेत गर्नुभएको छ ।

वडा नं १ का वडा अध्यक्ष मुकुन्द गजुरेल वडासँगै समग्र कागेश्वरीको पर्यटन क्षेत्रको विकासमा महोत्सवले सहयोग पुग्ने र महोत्सवमा साङ्गीतिक मनोरञ्जनका साथै विभिन्न स्थानीय खानाको स्टल समेत रहने बताउनुभयो ।