
काठमाडौं (सनसिटी): कागेश्वरी मनोहरा नगरपालिकाकै नमूना टोलको रुपमा परिचय बनाउन सफल हिमालय टोल सुधार समाज को १९औ साधारण सभाबाट गया प्रसाद उपाध्याय सर्वसम्मत चयन हुनु भएको छ ।

गान्धी आदर्श माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत ररहनु भएको समाजसेवी उपाध्याय शनिबार सम्पन्न साधारणसभाबाट अध्यक्षमा चयन हुनु भएको हो । उपाध्याय यसअघि सल्लाहकारको भूमिकामा हुनुहुन्थ्यो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ मा अवस्थित टोलले निकै नै उदाहरणीय र नमूना कार्य गर्दै आइरहेको छ ।

समाजको उपाध्यक्षमा प्रकाश कुमार खत्री र यसोदा बस्नेत (थापा), सचिवमा लीला धर दाहाल, सह सचिवमा नवराज न्यौपाने, कोषाध्यक्षमा दुर्गा प्रसाद श्वार चयन हुनु भएको छ ।

त्यस्तै सदस्यमा क्रमशः भाबकेशर बराल, तारा गिरी, सरस्वती (सरु) कोईराला, मिना ढुङ्गेल, श्रीहरि डोटेल, चयन हुनु भएको छ ।
