कागेश्वरी मनोहरा नगरपालिकाद्धारा प्रमुख प्रशासकीय अधिकृत मिश्रको बिदाई

थली: कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको बिदाई गरिएको छ ।

आइतबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच मिश्रलाई नगर प्रमुख उपेन्द्र कार्कीले खादा, माला र करुवा उपहार प्रदान गर्दै बिदाई गर्नुभएको हो ।

नगरपालिकामा १५ महिना प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत मिश्रको गत साता मात्र झापाको बित्तामोड नगरपालिकामा सरुवा भएको थियो ।

प्रशासन शाखा प्रमुख माधव खतिवडासहित विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुले खादा ओढाएर बिदाई गर्नु भएको थियो । त्यस्तै, सोही अवसरमा विभिन्न सेवानिबृत्त कर्मचारीहरुलाई पनि बिदाई गरिएको थियो ।